राष्ट्रियसभा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए।
काठमाडाैं, पुस १८ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सीट बाँडफाँटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको हो।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए। सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए।
राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन।
एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ।
प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












