Kathmandu Press

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

आजै बिहान काठमाडौं आएका विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

काठमाडौं, पुस १९ : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। आजै बिहान काठमाडौं आएका विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आएका हुन्।

Hardik ivf

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेको बताएका थिए।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने बताएका थिए।

आजै जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेअध्यक्ष केपी ओलीलगायतलाई भेट्ने कार्यक्रममा छ।

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्