Kathmandu Press

केएमसीका आवासीय चिकित्सक आन्दोलनमा उत्रिए

केएमसी ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए। सोही कारण उनलाई कलेज प्रवेश गर्न नदिएको बताइएको छ।
केएमसीका आवासीय चिकित्सक आन्दोलनमा उत्रिए

काठमाडौं, पुस १९ : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सकले आन्दोलन थालेका छन्।

चिकित्सक डा.विशद दाहाललाई कलेज प्रवेशमा रोक लगाइएको विरोधमा आवासीय चिकित्सकहरु सडक अन्दोलनमा उत्रिएका हुन्।

Hardik ivf

काठमाडौं विश्वविद्यालयले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले ड. दाहाललाई कलेज प्रवेशमा रोक लगाएको छ। कलेजले डा. दाहाललाई प्रवेश गर्न नदिन गेटमा आफ्ना सुरक्षागार्ड  तैनाथ राखेको छ।

आवासीय चिकित्सकहरु डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन्।

केयुका डीन डा. मनोज हुमागाईँले मंगलबार नै डा. दाहालको निलम्बन स्थगनको पत्र केएमसी प्रशासनलाई पठाए पनि कलेज प्रशासनले अटेर गरिरहेको छ।

केएमसी ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए। सोही कारण उनलाई कलेज प्रवेश गर्न नदिएको बताइएको छ।

डा. दाहालले प्रश्न गरेको आधारमा स्पष्टीकरण नसोधी मलाई कारबाही गरिएको बताएका छन्।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्