दुवाकोटबाट समातिए हतकडीसहित फरारा थुनुवा
हतकडीसहित फरार भएका विमल खड्कालाई प्रहरीले बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरेको हो।
काठमाडौं, पुस १९ : बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
हतकडीसहित फरार भएका विमल खड्कालाई प्रहरीले बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरेको हो ।
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो।
सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो। सोही क्रममा उनी भागेका थिए।
प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












