Kathmandu Press

राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् ।
राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुस १९ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् । बुधबार बसेको बैठकमा नीतिगत समझदारी भएपनि सिट संख्यामा टुंगो नलागेपछि बिहीबार फेरि छलफल गर्ने गरी बुधबारको बैठक सकिएको थियो । 

Hardik ivf

एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक पटक छलफल गरेर समझदारी बनाएपनि सिट संख्याबारे सहमति भएको छैन । 

बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव लिएर आउन आग्रह गरेको थियो । 

बिहीबार विहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् । ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।  
 

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्