Kathmandu Press

‘राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ’

राष्ट्रिय एकता र मेलमिलाप राष्ट्रको लागि केही गरौं, भन्ने सोचका साथ हुनुपर्ने भन्दै राजनीतिलाई जनताको हितमा केन्द्रीत गर्ने कुरामा सकारात्मक एकता जरुरी भएको उनको भनाइ छ ।
‘राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ’

काठमाडौं, पुस १८ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रमुखहरु सत्ताको लागि आफ्नो हितलाई, राष्ट्रिय हित भनेर अपव्याख्या गर्दै आएको बताएका छन्।

४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा बुधबार आयोजित ‘राष्ट्रिय एकता तथा मेलमिलापको सान्दर्भिकता’ विषयको विचार गोष्ठीमा उनले राष्ट्रियतामा नयाँ ढंगको जोखिम रहिरहेकाले राष्ट्रिय एकता सान्दर्भिक रहेको बताए।

Hardik ivf

‘नेताहरु कतिपय सरकार प्रमुखहरु सत्ता टिकाउनका लागि आफ्नो हितलाई राष्ट्रिय हित भनेर अपव्याख्या गर्दै गइरहेको अवस्था छ,’ उनले भने, ‘हाम्रो राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ ।’

राष्ट्रिय एकता र मेलमिलाप राष्ट्रको लागि केही गरौं, भन्ने सोचका साथ हुनुपर्ने भन्दै राजनीतिलाई जनताको हितमा केन्द्रीत गर्ने कुरामा सकारात्मक एकता जरुरी भएको उनको भनाइ छ । उनले जसरी तीव्र रुपमा भूराजनीतिक परिवर्तनहरु आइरहेको यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने बताए।

‘राष्ट्रियताको बारेमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमानमाथि कहाँ जोखिम होला र भन्ने लाग्न सक्छ, तर जसरी तीव्र रुपमा भूराजनीतिक परिवर्तनहरु आइरहेको छ,’ नेता ज्ञवालीले भने, ‘अमेरिका युरोपले नेतृत्व गरेको एउटा सत्ता भत्किँदै छ  चीन, भारत, जस्ता नयाँ शक्तिहरु उदाइरहेका छन्। त्यो तनाव नेपालजस्ता देशहरुमाथि परिरहेको छ । यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने छ।’

 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्