Kathmandu Press

राष्ट्रिय सभाको सिट बाँडफाँटबारे छलफल गर्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

बालुवाटारमै बसेको सत्ता गठबन्धनको बैठक सकिएलगत्तै ओली छलफलका लागि बालुवाटार पुगेका हुन्।
राष्ट्रिय सभाको सिट बाँडफाँटबारे छलफल गर्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं, पुस १८ : राष्ट्रिय सभाको सीट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।

बालुवाटारमै बसेको सत्ता गठबन्धनको बैठक सकिएलगत्तै ओली छलफलका लागि बालुवाटार पुगेका हुन्।

Hardik ivf

आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेलेलाई भागबन्डामा सामेल गराउने विषयमा गठबन्धनका दलहरु कांग्रेस र माओवादी सहमत भएपछि सोही विषयमा छलफल गर्न गठबन्धन बैठक बसेको हो।

गठबन्धनको बैठक बिहीबार बिहान ९ पुनः बस्ने बताइएको छ।

एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन्।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्