Kathmandu Press

विपिन जोशीको जीवनरक्षा गर्न सभामुखको अपिल

नेपालका लागि इजरायली राजदूत हनान गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन्।
विपिन जोशीको जीवनरक्षा गर्न सभामुखको अपिल

काठमाडौं, पुस १८ : सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन्।

नेपालका लागि इजरायली राजदूत हनान गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन्।

Hardik ivf

‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ राजदूतलाई भनिएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको समेत बताए। हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ।

भेटका क्रममा गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको उल्लेख गरे। उनले विपिन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै जोशीको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी गराए।
 
राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखेका छन्।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्