Kathmandu Press

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसार प्रतिनिधित्व हुन सकेको छैन : गगन थापा

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसार प्रतिनिधित्व हुन सकेको छैन : गगन थापा

काठमाडाैं, पुस १८ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन्।

Hardik ivf

उहाले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने बिषयमा पार्टीहरुले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरुपको बहस नै नहुने अवस्था रहेको धारणा राखे।

दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुदा राष्ट्रियसभा सदस्य छनौटमा समस्या देखिएको उहाको भनाइ छ। त्यस्तै थापाले कांग्रेसले देश संकटमा रहेको भन्न नमिल्ने बताए।

थापाले कुनै क्षेत्र रहदा नै पार्टीसंग सम्बन्ध गास्न नसके भविष्यमा समस्या पर्छ भन्ने कुरालाई भंग गर्न संरचनात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे।

संवैधानिक हिसावले निरन्तर निर्वाचन सहि ढंगले भइरहेको अवस्थामा मुलुक कुनै पनि हिसावले अप्ठेरो अवस्था रहेको नदेखिएको उहाले बताए। 

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्