काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं, पुस १८ : काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठगी मुद्दाका थुनुवा विमल खड्का फरार भएका हुन्।
डलर देखाएर लुटपाट गरेको आरोपमा खड्का प्रहरी वृत्त स्वयम्भुबाट पक्राउ परेको थिए। म्याद थप गर्न उनलाई अदालत ल्याइएको थियो। फरार खड्काको खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:१६ बजे, बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












