Kathmandu Press

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने भन्दै शिक्षामन्त्रीलाई नेविसंघकाे ज्ञापनपत्र

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने भन्दै शिक्षामन्त्रीलाई नेविसंघकाे ज्ञापनपत्र

काठमाडौं, पुस १८ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग गरेकाे छ।नेविसंघकाे एक टाेलीले शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै त्यस्ताे माग गरेकाे छ।

नेविसंघले बुझाएकाे ज्ञापनपत्रमा शिक्षा प्रणालीको सुधार, विश्वविद्यालयहरूमा व्याप्त राजनीतीकरण र दलीयकरण अन्त्य गर्न माग गरिएकाे छ। विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट मेरिटका आधारमा नियुक्तिको माग पनि गरिएको छ।

Hardik ivf

प्राज्ञिक क्षमता, दक्षताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको माग राखेर शिक्षामन्त्री राईलाई ज्ञापनपत्र नेविसंघले जनाएकाे छ। त्रिवि लगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेका अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

विश्वविद्यालय उत्पादनसँग जोडिनुभन्दा बेरोजगार जनशक्ति उत्पादन गर्ने थलो बनेको ज्ञापनपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १५:३३ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्