Kathmandu Press

बारले  न्याय परिषद सदस्य श्रेष्ठलाई प्रस्टीकरणका लागि डाक्यो

बारले सूचनै जारी गरेर बिहीबार बिहान १० बजेका लागि श्रेष्ठलाई छलफलमा उपस्थित हुन भनेको छ। उच्च अदालतको न्यायाधीशको नियुक्ति, रोलक्रम फेरबदललगायत बिषयमा प्रश्टीकरणका लागि श्रेष्ठलाई बोलाइएको हो।
बारले  न्याय परिषद सदस्य श्रेष्ठलाई प्रस्टीकरणका लागि डाक्यो

काठमाडौं, पुस १८ : उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त भएकै दिन नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलमा झिकाएको छ। 

बारले सूचनै जारी गरेर बिहीबार बिहान १० बजेका लागि श्रेष्ठलाई छलफलमा उपस्थित हुन भनेको छ। उच्च अदालतको न्यायाधीशको नियुक्ति, रोलक्रम फेरबदललगायत बिषयमा प्रश्टीकरणका लागि श्रेष्ठलाई बोलाइएको हो।

Hardik ivf

बारको सूचनामा उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा छलफल गर्नुपर्ने भएको जनाइएको छ।

बारले गत असोज १ गते नेपाल राजपत्रमा प्रकाशित न्यायपरिषदको सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्यायपरिषद नियमावली २०७४ को (पहिलो संशोधन २०८०) प्रति आपत्ति जनाउँदै आएको छ। 
 
प्रकाशित मिति: १५:०६ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्