Kathmandu Press

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आउँदै 

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आउँदै 
Hardik ivf

काठमाडौं, पुस १८ : भारतीय विदेशमन्त्री डा.एस जयशंकरको बिहीबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ। 

नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागीताका लागि विदेशमन्त्री जयशंकर आउने भएका हुन्।

जयशंकरले बिहीबारै संयुक्त आयोगको बैठकका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी एनपी साउदसँग बिहीबार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनी शुक्रबार दिल्ली फर्किने छन्। 
 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्