Kathmandu Press

उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न परिषद बैठक, ४० जना नियुक्त हुँदै 

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नेतृत्वमा अहिले परिषद बैठक बसिरहेको छ। न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले प्रारम्भिक रोस्टर तयार पारिसकेको छ।
उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न परिषद बैठक, ४० जना नियुक्त हुँदै 

काठमाडौं, पुस १८ : उच्च अदालतका न्यायाधीश नियुक्तिको विषयमा निर्णय लिन न्याय परिषद्को बैठक सुरु भएको छ। उच्च अदालतका लागि ४० जना न्यायाधीश नियुक्ति गर्ने तयारी छ। 

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नेतृत्वमा अहिले परिषद बैठक बसिरहेको छ। न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले प्रारम्भिक रोस्टर तयार पारिसकेको छ। जिल्ला न्यायाधीश, सरकारी वकिल, न्याय समूहका अधिकृत, कानुन समुह र कानुन व्यवसायीको ‘रोस्टर’ तय गरिएको हो।

Hardik ivf

उच्च अदालतमा रिक्त ४० न्यायाधीशमध्ये कम्तिमा २५ जना जिल्ला न्यायाधीशलाई प्राथमिकतामा राखिने तयारी रहेको जनाइएको छ। परिषदले कार्यक्षमताका साथै वरीयताक्रम पनि हेर्ने भएको छ। बाँकी सिटमा सरकारी वकिल समूह,  कानुन तथा न्याय समुह र कानुन व्यवसायीलाई समावेश गर्ने जनाइएको छ। 
 


 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्