Kathmandu Press

लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ

अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। 
लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ

विराटनगर, पुस १८ : नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन्। 

अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो। उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ। 

Hardik ivf

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन्।

अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि लगाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरुले बिरामीबाट काउन्टरमा संकलित रकम हिनामिना गरेको पाइएको छ।

त्यसरी संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरुले हिनामिना गरेको पाइएको जनाइएको छ।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्