Kathmandu Press

राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउन कांग्रेस-माओवादी सकारात्मक, साँझ गठबन्धन बैठक बस्दै

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताबीचको बैठकमा दुवै दलमा त्यसमा सकारात्मक देखिएका छन्।
राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउन कांग्रेस-माओवादी सकारात्मक, साँझ गठबन्धन बैठक बस्दै

काठमाडौं, पुस १८ : सत्तारुढ गठबन्धनका दुई ठूला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि केही सिट छुट्याउन साकारात्मक देखिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताबीचको बैठकमा दुवै दलमा त्यसमा सकारात्मक देखिएका छन्।

Hardik ivf

यसविषयमा गठबन्धनमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने सहमति पनि दुई दलको बैठकमा भएको छ।

सत्ता गठबन्धनले एमालेलालाई सिट नछुट्याए १९ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले निल हुने अवस्था आउँछ। यस्तो अवस्थामा ५९ सदस्यीय राष्ट्रिय सभामा एमाले ९ सदस्यमा खुम्चिन्छ ।

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटका विषयमा छलफल गर्न साँझ ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। बैठक साँझ ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

यस्तै, एमालेलाई पनि सिट छुट्याउने विषयमा गठबन्धन दलले एमालेसँग साँझ ५ बजे छलफल गर्ने बताइएको छ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका हुने माघ ११ गते निर्वाचन मिति तोकेको छ। त्यसका लागि उम्मेदवारी दर्ताको समय पुस २३ गतेका लागि तोकिएको छ।

 

प्रकाशित मिति: १२:११ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्