राष्ट्रिय सभाको भागबन्डा मिलान कांग्रेस–माओवादी आज पनि छलफलमा
केही दिनयता निरन्तर छलफल गरिरहेका दुई दलबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
काठमाडौं, पुस १८ : आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुबीच भागबन्डा मिलाउन दुई सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र आज पनि छलफलमा जुटेडका छन्।
केही दिनयता निरन्तर छलफल गरिरहेका दुई दलबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् भने माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी रहेको बताइएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका हुने माघ ११ गते निर्वाचन मिति तोको छ। त्यसका लागि उम्मेदवारी दर्ताको समय पुस २३ गतेका लागि तोकिएको छ। त्यसअघि भागबन्डा मिलाउन सत्तारुढ दलहरु छलफलमा छन्।
प्रकाशित मिति: १०:४२ बजे, बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












