विश्वविद्यालयलाई भागबण्डामुक्त गराउन स्ववियूको माग
त्रिवि सभा सदस्य श्यामराज ओझाले प्रधानमन्त्रीले विश्वविद्यालयका सबै पदहरुलाई मुट्ठीमा राखेर सिंहदरबारभित्र बसेको आरोप लगाए। उनले देशको ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भविष्य बोकेको विश्वविद्यालय मुट्ठीभित्र हुनुहुँदैन भनेर संघर्ष गरिरहेको बताए ।(29)-1704202089.jpg)
काठमाडौं, पुस १७ : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय सुधारको मागसहित आन्दोलन जारी राखेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुको विश्वविद्यालय गेटमा युनियनले गत बुधबारदेखि सुरु गरेको धर्ना र प्रदर्शनलाई मंगलबार सातौं पनि जारी निरन्तरता दिएको छ।
विरोधसभामा स्ववियु सभापति एवं त्रिवि सभा सदस्य श्यामराज ओझाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका सबै पदहरुलाई मुट्ठीमा राखेर सिंहदरबारभित्र बसेको आरोप लगाए। उनले देशको ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भविष्य बोकेको विश्वविद्यालय मुट्ठीभित्र हुनुहुँदैन भनेर संघर्ष गरिरहेको बताए ।
‘विश्वविद्यालयको सेवा आयोगमा सदस्य छैन । कामचलाउ कुलपति हुनुहुन्छ, रजिष्ट्रारविहीन छ,’ उनले भने, ‘त्यो सबै पदहरुलाई मुट्ठीमा राखेर प्रधानमन्त्री सिंहदरबारभित्र बसिरहनु भएको छ । सिंहदरबारले विश्वविद्यालयलाई मुट्ठीमा राखिरहेको छ।’
राजनीतिक भागबण्डामा हुने नियुक्तिको मनपरीतन्त्रविरुद्ध स्वतन्त्र विद्यार्थी युनियन उभिएको उनले बताए। ‘विश्वविद्यालयले ४ लाख ८२ हजार ५ सय ४१ भविष्य बोकेको छ । देशको ८० प्रतिशतभन्दा बढी विद्याथीको भविष्य बोकेको विश्वविद्यालय मुट्ठीभित्र हुनुहुँदैन भनेर संघर्ष गरिरहेको छौं,’ उनले भने।
(20)-1704202089.jpg?timestamp=1704202096629)
आफूहरुको आन्दोलनको सातौ दिन पुगिसक्दा पनि प्रधानमन्त्रीको कुनै प्रतिक्रिया नआएको भन्दै उनले बल्खुको गेटबाट सुरु गरेको आन्दोलनको झिल्को विश्वविद्यालयलाई राजनीतिक भागबण्डाबाट मुक्त नगराएसम्म नरोकिने चेतावनी दिए।
दीक्षान्त समारोहमा प्रधानमन्त्रीले मेडल दिएका विद्यार्थीहरुले देशमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको उनले बताए । ‘विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा आन्दोलन गरेर विश्वविद्यालयको सुधार, व्यवस्थामा सुधार र ढिलासुस्ती हटाउनका लागि विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छौं । प्राध्यापक, कुलपति नियुक्ति गर्ने, परीक्षा लिने निकाय त्रिभुवन विश्वविद्यालयको सेवा आयोग प्रधानमन्त्रीको मुट्ठीभित्र छ,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई आफ्नो हकमा राखेर बाहिर विद्यार्थीले विश्व रेकर्ड बनाए भनेर भाषण गर्दा, मेडल दिँदा त्यो लिने विद्यार्थीहरुले के गर्छन् र कहाँ जान्छन्? उनले प्रधानमन्त्रीलाई प्श्न गरे।












