Kathmandu Press

तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो।
तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

चितवन, पुस १७ : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ।

यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो। यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम गरिँदै आएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो।

Hardik ivf

करिब ६० मिटर अग्लो ढिस्को गत वर्ष भत्काएर ३५ मिटरमा झारिएको थियो। कडा चट्टान आएपछि काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए।

आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गएको दश दिनमा छ मिटर पहाडको चट्टान भत्काइएको छ।

गत साल २२ टनको ब्रेकरमात्र प्रयोग गरिएको थियो। आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए । उनको भनाइमा यही ढङ्गबाट काम भएमा अर्को थप दुई साता सडक रोकेर काम गर्दा सम्पन्न हुने अनुमान गरिएको छ।

पहिलोपटकका लागि तीन साता सडक रोकेर काम गरिएको हो। थप दुई साता सडक रोकेर काम गरेपछि आकल झुकलबाहेक सडक रोक्न नपर्ने अनुमान आफूहरुले गरेको उनले बताए।

गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । वि.सं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो।

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्