रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु
परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको बताएको हो। मन्त्रालयले केही बेरमा मृतको नाम र वतन सार्वजनकि गर्ने तयारी गरेको छ।
काठमाडौं, पुस १७ : रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको खुलेको छ।
परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको बताएको हो। मन्त्रालयले केही बेरमा मृतको नाम र वतन सार्वजनकि गर्ने तयारी गरेको छ।
योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ।
यसअघि मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन्।
प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार