खप्तड क्षेत्र पहाडमात्र होइन संस्कृति हो : परराष्ट्रमन्त्री साउद
विकासका लागि चाहिने आधारभूत तत्वहरु सुदूरपश्चिममा देशका ७ वटा प्रदेशमा भन्दा बढी रहेको भन्दै साउदले खाद्यान्न उत्पादनका लागि उर्बर जमिन कर्णाली र कञ्चनपुरका फाँटहरु महत्वपूर्ण रहेको बताए।
काठमाडौं, पुस १७ : परराष्ट्रमन्त्री एनपी साउदले खप्तड क्षेत्र एउटा पहाडमात्र नभइ पश्चिमको संस्कृति भएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड शृंखला–२’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दुईवटा नदी कर्णाली र महाकाली पूर्व र पश्चिममा पनि पहिले हिँड्न सक्ने अवस्था नभएको भन्दै उनले बीचमा कर्णाली बगेको हुनाले दुई किनारमा भएका मान्छेहरुको मिलन आजको जस्तो सजिलो नभएको उल्लेख गर्दै अहिले भने विकास बदलिएको साउदले बताए।
(28)-1704189402.jpg?timestamp=1704189410452)
‘हामीले अहिले विकास भएको हो भन्ने बुझेका हुन्छौं। यसको १०औँं हजार वर्षको इतिहास छ । समयको कालखण्डलाई नाघेर अहिले पनि त्यो सभ्यता संस्कृति हो,’ उनले भने, ‘त्यसैले त्यो संस्कृति नेपालको वास्तविक संस्कृति र प्रतिनिधि संस्कृति पनि हो । त्यसलाई नेपाल र संसारभर पुर्याउने काम गर्न सकेका छैनौं । अहिले पनि सुदूरपश्चिम पछाडि परेको छ कि जस्तो लागेको छ।’
विकासका लागि चाहिने आधारभूत तत्वहरु सुदूरपश्चिममा देशका ७ वटा प्रदेशमा भन्दा बढी रहेको भन्दै साउदले खाद्यान्न उत्पादनका लागि उर्बर जमिन कर्णाली र कञ्चनपुरका फाँटहरु महत्वपूर्ण रहेको बताए।
‘जलवायुको सम्भावना हेर्ने हो भने पनि दुनियाँको सबभन्दा बढी सम्भावनाको क्षेत्रमध्ये सुदूपश्चिम पनि हो,’ उनले भने, ‘नेपालका पाँचवटा सबै ठूला नदीमध्ये तीनवटा सुदुपश्चिममा छन् । हामीसँग ठूलो सांस्कृतिक विरासत पनि छ र एकवद्धता पनि छ।’












