Kathmandu Press

नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्ण छ : मुख्यसचिव अर्याल

‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन। प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ।’
नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्ण छ : मुख्यसचिव अर्याल

काठमाडौं, पुस १७ : नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले तथ्यांकको प्रयोग नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताएका छन्। तथ्यांक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘तथ्यांकको प्रयोग कसरी गर्छौं भन्ने मुख्य कुरा हो । तथ्यांकलाई नीति निर्माणमा कसरी प्रयोग गछौं भन्ने कुरा अझ महत्वपूर्ण हो,’ अर्यालले भने, ‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन। प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ।’
 
विगतमा जिल्लागत तथ्यांक निकालेर काम गरिरहेको भन्दै उनले संघीयतामा गइसकेपछि स्थानीय तहगत तथ्यांक आवश्यक हुने बताए। तथ्यांकको सही प्रयोग गर्न जान्दा नीति र नियमहरु पनि प्रभावकारी हुने अर्यालले बताए।

Hardik ivf

‘२०७८ मा गरेको जनगणनाको पूर्ण प्रतिवेदन अझै प्रकाशित गर्न सकेका छैनौं। तर, त्यो प्रतिवेदन सार्वजनिक नहुँदै प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको प्रोफाइल बनाएका छन्,’ उनले भने, ‘त्यसरी प्रोफइल बनाउँदा २०७८ सालमा निकालिएको तथ्यांकभन्दा त्यो डाटा फरक भइसक्यो । कतिपय कुरामा समन्वय भएन।’

तथ्यांक नियमावली अन्तिम चरणमा रहेको जानकारी दिंदै उनले त्यसले काम गर्न सजिलो हुने बताए। उनले भने, ‘धेरै कामहरु भएका छन्, धेरै गर्न बाँकी छन्। तथ्यांकलाई भरपर्दो बनाउन अझै सबैजनाले लाग्नुपर्ने देखिन्छ।’

 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्