Kathmandu Press

‘जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ’

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपामाओवादी केन्द्रका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
‘जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ’

काठमाडौं, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपामाओवादी केन्द्रका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

Hardik ivf

उनले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाउनु भएको भेटमा सहभागी लेखक एवम् पत्रकार मनऋषि धितालले जानकारी दिए।

सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो। गाउँ–गाउँमा सङ्गठन विस्तार तथा सरकारको काम कारबाहीलाईसमेत जनस्तरमा पु¥याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उनको भनाइ छ ।

आसन्न राष्ट्रियसभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो। सो अवसरमा प्रतिनिधिसभा सदस्य छिरिङल्हामु लामालगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्