Kathmandu Press

रूपान्तरण अभियान उद्देश्यअनुसार सफल : माओवादी

‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ। टोल कमिटीदेखि संगठन सक्रिय भएका छन्,’ उनले भने, ‘सबै तह चलायमान भएका छन्। सारमा भन्दा कार्यकर्ताहरुमा जागृति आएको छ।’
रूपान्तरण अभियान उद्देश्यअनुसार सफल : माओवादी

काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्रले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेको छ।

मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षासहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले टोल कमिटीदेखि संगठन सक्रिय र चलायनमान भएको भन्दै अभियान सफलभएको बताएका हुन्।

Hardik ivf

‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ। टोल कमिटीदेखि संगठन सक्रिय भएका छन्,’ उनले भने, ‘सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरुमा जागृति आएको छ।’

अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पलाएको उनले बताउ। उनले भने, ‘यो अभियानले चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पैदा भएको छ।’

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्