Kathmandu Press

बालकुमारी घटनामा मारिएका युवकको शव परिवारको जिम्मा

नेपाली सेनाको हेलिकप्टरमार्फत रावतको शव दैलेख लगिएको हो। शव परिवारलाई जिम्मा लगाइएपछि अन्त्येष्टिको तयारी भइरहेको जनाइएको छ।
बालकुमारी घटनामा मारिएका युवकको शव परिवारको जिम्मा

काठमाडौं, पुस १७ : बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावतको शव परिवारको जिम्मा लगाइएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत रावतको शव दैलेख लगिएको हो। शव परिवारलाई जिम्मा लगाइएपछि अन्त्येष्टिको तयारी भइरहेको जनाइएको छ।

Hardik ivf

बालकुमारी घटनाका अर्का मृतक अछामका वीरेन्द्र शाहको शव पनि परिवारलाई जिम्मा लगाउने तयारी भएको छ।

शाहको शव पनि सुर्खेत लगिएको छ । सुर्खेतबाट अछाम लैजाने तयारी रहेको बताइएको छ। दुबैजना प्रहरी आक्रमणमा मारिएका थिए ।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्