Kathmandu Press

खेल क्षेत्रको विकासमा लाग्न तीनै तहको सरकारलाई राष्ट्रपतिको ध्यानाकर्षण

राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
खेल क्षेत्रको विकासमा लाग्न तीनै तहको सरकारलाई राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, पुस १७ : राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

‘खेलकुद राष्ट्रिय सोच र सपना साकार पार्ने प्रेरणाको स्रोत पनि हो, त्यही भएर खेल क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट प्रयासहरु होस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँछ।’

उनले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

राष्ट्रपति पौडेलले खेलकुद प्रतियोगिताले विद्यार्थी विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाइ शिक्षा क्षेत्रलाई पनि सभ्य बनाउने भएकाले शिक्षा र खेलकुदबीच अदभुत सम्बन्ध बताए।

‘सार्वजनिक स्थलमा सञ्चालन हुने खेलकुद प्रतियोगिता विद्यार्थी विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाउने शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सभ्य बनाउने भएकाले  शिक्षा र खेलकुदबीच अदभुत सम्बन्ध हुन्छ,’ उनले भने।

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्