Kathmandu Press

अध्यागमन अधिकृत खड्कासहित चारविरुद्ध मानव बेचबिखन मुद्दा

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकीलको कार्याल, काठमाडौंले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर गरेको हो।
अध्यागमन अधिकृत खड्कासहित चारविरुद्ध मानव बेचबिखन मुद्दा

काठमाडौं, पुस १७ : नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका शाखा अधिकृत नरवीर खड्कासहित चार जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकीलको कार्याल, काठमाडौंले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर गरेको हो।

Hardik ivf

शाखा अधिकृत खड्कासँगै मोरङको बेलबारी नगरपालिका–११ घर भएका ३२ वर्षीय रबीन घिमिरे र मोरङकै सुन्दरहरैचा नगरपालिका–११ का गोविन्द रिमाललाई पनि मुद्दामा प्रतिबादी बनाइएको छ। प्रहरी अनुसन्धानकाक्रममा अन्य आरोपीले पोलेको आधारमा उनीहरुलाई पनि मुद्दा चलाइएको हो।

खड्कामथि नक्कली डकुमेन्टको आधारमा सेटिङमा भिजिट भिसामा विभिन्न देशमा पठाउने गरेको आरोप छ । गिरोहसँगको सेटिङ र मिलेमोतोमा शाखा अधिकृत खड्काले रसियन आर्मीमा नेपालीहरुलाई पठाउने गरेको दाबी प्रहरीको छ।

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्