Kathmandu Press

नेकपा एसले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने

मापदण्ड बनेपछि आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अवसर नपाएकाहरुले पालो पाउने छन्।
नेकपा एसले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने
Hardik ivf

काठमाडौं, पुस १७ : नेकपा एकीकृत समाजवादी (यस) ले विगतमा चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएका व्यक्तिलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाउने गरी मापदण्ड बनाउने भएको छ।

राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गर्नुअघि नै पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्ने तयारी भएको जनाइएको छ। मापदण्ड बनेपछि आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अवसर नपाएकाहरुले पालो पाउने छन्।

 राष्ट्रियसभा सदस्य बन्नका लागि एसका उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालदेखि उपमहासचिव गङ्गालाल तुलाधरसम्म इच्छुक देखिएको बताइएको छ।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्