Kathmandu Press

राष्ट्रिय सभाको सिट भागबन्डा गर्न कांग्रेस-माओवादीबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भएकाे हाे।
राष्ट्रिय सभाको सिट भागबन्डा गर्न कांग्रेस-माओवादीबीच छलफल

काठमाडौं, पुस १७ : सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा दुई सत्तारुढ दलहरु कांग्रेस र माओवादीबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भएकाे हाे।

Hardik ivf

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी छन् भने माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्