रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
रौतहट, पुस १७ : रौतहटको चन्द्रपुर–५ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
पूर्वजाँदै गरेको ट्यांकरले विपरित दिसाबाट आउँदै गरेको अटोलाई सोमबार राति ठक्कर दिँदा अटोमा सवार दुई भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाईते दुवै जनाको उपतारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए। घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाइते भएका छन्। अन्यलाई पनि सामान्य चोट लागेको छ।