Kathmandu Press

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो 

यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्यो 
Hardik ivf

काठमाडौं, पुस १७ : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्