Kathmandu Press

खानेपानी माग्दै पूर्वप्रधानमन्त्री खनालले बुझाए ज्ञापनपत्र

काठमाडौंमा दैनिक ४० करोड लिटर पानी आवश्यक रहेकोमा १२ करोड लिटर मात्र वितरण भइरहेको भन्दै उनले मेलम्चीको पानी ल्याउने प्रणाली छिटो बनाएर खानेपानीको व्यवस्था गर्नुपर्ने बताए।
खानेपानी माग्दै पूर्वप्रधानमन्त्री खनालले बुझाए ज्ञापनपत्र

काठमाडौं, पुस १६ : पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारलाई मेलम्ची आयोजनाको काम छिटो गरेर काठमाडौंका जनतालाई खानेपानीको व्यवस्था गर्न आग्रह गरेका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा सोमबार ज्ञापनपत्र बुझाउँदै उनले काठमाडौं उपत्यकामा तत्काल पर्याप्त पानी वितरणको माग गरे। काठमाडौंमा दैनिक ४० करोड लिटर पानी आवश्यक रहेकोमा १२ करोड लिटर मात्र वितरण भइरहेको भन्दै उनले मेलम्चीको पानी ल्याउने प्रणाली छिटो बनाएर खानेपानीको व्यवस्था गर्नुपर्ने बताए।

Hardik ivf

‘अहिले सप्लाइले आवश्यकता पुरा गर्न सक्दैन । ४० करोड लिटर आवश्यक छ, जम्मा वितरण गर्ने क्षमता भनेको १२ करोड लिटरमात्र छ । अनि कसरी काठमाडौंमा बाँच्न सक्छन् ? चाँडोभन्दा चाँडो मेलम्चीको पानीलाई यसमा जोडनुपर्छ,’ नेता खनालले भने, ‘नयाँ सिस्टम ल्याइएको छ, तर त्यो अझै जोडिएको छैन्, त्यसलाई अविलम्ब जोड्नुपर्ने आवश्यक छ । त्यसैले युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको व्यवस्था गर्न सक्नुपर्छ।’

Photo-(4)(17)-1704113188.jpg

मेलम्ची आयोजनाको प्रणाली मर्मत भइरहेकाले हाल उपत्यकाको प्रणालीमा सुन्दरीजलहुँदै ल्याउने गरिएको पानी आपूर्ति बन्द छ। पटक पटक मन्त्री र नेताहरु मेलम्ची आयोजनामै पुगे पनि वितरण प्रणालीमा मेलम्चीको पानी आपूर्ति खुलाइएको छैन .।  
नेता खनालले काठमाडौंमा पानीको हाहाकार दिनानुदिन बढ्दै गइरहेको भन्दै आपूर्ति व्यवस्थापनमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका छन्।

अहिले काठमाडौंमा खानेपानीको हाहाकार बढेको छ । धाराबाट पानी आउँदैन, मानिसलाई दैनिक जीवनमा पानीको संकट बढेको छ,’ उनले भने, ‘पानी मानिसको जीवन हो, त्यसैले पानीको आपूर्ति गर्ने कुरामा सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिन सक्नुपर्छ।’

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्