Kathmandu Press

बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति

मृतकलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।
बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं, पुस १६ : सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ। सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको छलफलमा ४ बुँदे सहमति भएको हो।

सहमति अनुसार मृतकका परिवारका १–१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराइनेछ। त्यस्तै मृतकलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।

Hardik ivf

दुई पक्षबीच भएको सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख छ।

सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरुको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमपित्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्