Kathmandu Press

डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा ऊर्जामन्त्रीसंग जानकारी लिइने

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले डेडिकेटेड र ट्रङ्क लाइन, नेपाल भारत विद्युत् व्यापारसम्बन्धी सम्झौता लगाएतका बिषयमा ऊर्जामन्त्रीसंग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा विद्युत् व्यापार विधेयक, २०८० लाई बिषयमा पनि छलफल भएको थियो।
डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा ऊर्जामन्त्रीसंग जानकारी लिइने

काठमाडौं, पुस १६ : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा ऊर्जामन्त्रीसंग जानकारी लिने भएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले डेडिकेटेड र ट्रङ्क लाइन, नेपाल भारत विद्युत् व्यापारसम्बन्धी सम्झौता लगाएतका बिषयमा ऊर्जामन्त्रीसंग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा विद्युत् व्यापार विधेयक, २०८० लाई बिषयमा पनि छलफल भएको थियो।

Hardik ivf

सो बिषयमा पनि समितिले बिज्ञहरुसंग छलफल गर्ने जनाएको छ । बैठकमा समिति सदस्यहरुले उद्योगी र सरकारबीचको डेडिकेटेड र ट्रङ्क लाइन विवाद समितिको सरोकारको बिषय भएकाले समितिले मन्त्रीसंग छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

समिति सदस्य माधव सापकोटाले मन्त्रीसंगै आवश्यक कागजात पनि मगाउनुपर्ने र साझा चासोको बिषयमा छलफल गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य प्रदीप पौडेलले विद्युत् व्यापार विधेयकका सन्दर्भमा संशोधनकर्ताका साथै विज्ञहरुसंग छलफल गर्नुपर्ने बताए। उहाले समितिमा परेका उजुरीलाई अध्ययन गर्दै प्रभावकारी रुपमा छलफल चलाउनुपर्ने धारणा राखे।

त्यस्तै बैठकले पूर्वाधारका कामलाई समयमानै सम्पन्न गर्न आवश्यक सुुझाव तयार गर्ने उदश्यकले कार्यदल समेत बनाउने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्