नेपालका दलहरूबीचको सुमधुर सम्बन्ध र मेलमिलाप देखेर विदेशीहरू छक्क पर्छन् : देउवा
राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका हुन्।
काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनले नेपालका दलहरूबीचको सुमधुर सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका हुन्।
‘हाम्रा आफ्ना मतभेदहरू, पार्टीका वैचारिक मतभेदहरू र पार्टीगत मतभेदहरू आफ्नो ठाउँमा छन्। राम्रो कुरा के छ भने सबै पार्टीहरू एकै ठाउँमा बस्ने परम्परा बनेको छ। यस्तो देख्दा मान्छेहरू छक्क पर्छन्। विदेशीहरू पनि छक्क पर्छन्,’ देउवाले अघि भने, ‘प्रतिस्पर्धाका बाबजुद एकअर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ। बोलीचालीको बातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ।’
उनले बिपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। बिपी सानो देशका ठुलो मानिस भएको उल्लेख गर्दै देउवाले भने, ‘धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हुनुहुन्छ उहाँ। राजनीतिमा मात्रै प्रभावशाली नभएर उहाँमा अरू धेरै प्रतिभा थियो। उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएनुभएको हो, त्यहीकारण हामी उहाँलाई उच्च सम्मान र श्रद्धाले सम्झिन्छौं। अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ।’
अभ्यास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुने स्पष्ट पारे।












