Kathmandu Press

नेताबाटै गणतन्त्रलाई खतरा : चित्रबहादुर केसी 

नेताबाटै गणतन्त्रलाई खतरा : चित्रबहादुर केसी 

काठमाडौं, पुस १६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउन लडेकाहरुबाटै यो व्यवस्थालाई जोखिम भएको बताएका छन्। 

कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्रको सीमाभित्र सुशासन दिन सकिने भए पनि त्यो गर्न नसकेको जनताका अगाडि इमान्दारीपूर्वक स्वीकार गर्नुपर्ने बताए। 

Hardik ivf

उनले भने, ‘हामी लडेर लोकतन्त्र, गणतन्त्र त ल्यायौं तर हामीबाट नै यसलाई खतरा छ हामी सजग हुनुपर्छ। अहिले पनि जनतामा व्यापक असन्तुष्टि छ। को प्रतिभन्दा लोकतन्त्र, गणतन्त्र ल्याउनेप्रति। हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रको सीमाभित्र जनताले चाहेजतिको सुशासन दिन सकिन्थ्यो, भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिन्थ्यो, त्यसमा हामी इमान्दारीपूर्वक नेपाली जनता अगाडि स्वीकार गर्नुपर्छ हामी त्यो काम गर्न सकिरहेका छैनौं।’ 

बीपी कोइरालाले अगाडि बढाएको अभियानलाई आत्मसात गरेर अगाडि बढन नसकेको भन्दै जनता र राज्यलाई केन्द्रमा राखेर राजनीति नगर्ने हो भने बीपीको नाम मात्रै लिएर केही नहुने उनले बताए। 

उनले भने, ‘बीपीले जुन अभियानको लागि संघर्ष गर्नुभयो त्यसलाई हामीले आत्मसात गरेर अगाडि बढ्या छौ जस्तो मलाई लागेको छैन। राजनीति गर्ने भनेको जनता र राज्यलाई केन्द्रमा राखेर गर्ने हो यसरी हामी राजनीति गर्दैनौ भने हामीले बीपीको नाम लिनुको अर्थ के हुन्छ।’ 

नेपाली कांग्रेसले वामपन्थीलाई हेर्ने दृष्टिकोण फरक थियो र वामपन्थीको पनि कांग्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको बिगतको चर्चा गर्दै उनले सबैलाई एउटै स्थानमा लोकतन्त्रले ल्याएको उनले बताए। कांग्रेस र वामपन्थीबीचको एकता मुख्य योजना भनेको लोकतन्त्र, गणतन्त्र भएको भनाइ उनले राखे।
 

प्रकाशित मिति: १६:३५ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्