Kathmandu Press

युवाको आक्रोशलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ : बाबुराम भट्टराई

भट्टराईले मुलुकको परिवर्तनपछि पनि युवाहरुमा निराशा र आक्रोश रहेको भन्दै उनीहरुको आक्रोशलाई सम्बोधन गर्न राजनीतिकदलहरु गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन्।
युवाको आक्रोशलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं, पुस १६ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवाहरुको आक्रोशलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

मेलमिलाप दिवसको सन्दर्भमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले मुलुकको परिवर्तनपछि पनि युवाहरुमा निराशा र आक्रोश रहेको भन्दै उनीहरुको आक्रोशलाई सम्बोधन गर्न राजनीतिकदलहरु गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन्।

Hardik ivf

उनले संविधानको कार्यान्वयन गर्न नसक्नुको कमजोरी सच्चाउन राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने धारणा राखे।

भट्टराईले राजतन्त्र राँकेभूत भएकाले त्यसबाट त्रसित हुनुपर्ने अवस्था नरहेको तर्क गरे। उनले अहिलेको शासकीय स्वरुपमा केहि त्रुटी देखिएकाले यसको हल खोज्नुपर्ने भन्दै बिभिन्न प्रस्ताव अघि सारे। 

उनले स्थायी सरकार बन्ने वातावरण नवनेसम्म लोकतन्त्र समृद्ध हुन नसक्ने धारणा राखे। उनले शान्त्रि प्रक्रिया कुनै दलबिशेषको कुरा नभएकाले सहमतिबाटै छिटो हल गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्