Kathmandu Press

सर्वाेच्चले उच्चसँग माग्याे रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण

यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट मुद्दाको फाइल सहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो। ‘कैफियत प्रतिवेदन’ भनेकाे थुनछेक आदेशका क्रममा न्यायाधीशहरुले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्र हाे।
सर्वाेच्चले उच्चसँग माग्याे रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण

काठमाडौं, पुस १६ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेस गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ।

आफूहरुलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भन्ने उच्च अदालत पाटनको आदेश विरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

Hardik ivf

निवेदनमाथि सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट मुद्दाको फाइल सहित कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो। ‘कैफियत प्रतिवेदन’ भनेकाे थुनछेक आदेशका क्रममा न्यायाधीशहरुले किन र के आधारमा त्यो आदेश गरे भनी विस्तृत विवरण खुलाइएको विवरणपत्र हाे।

जिल्ला अदालतले रायमाझी र पाण्डेलाई जिल्ला अदालतले थुनामा राख्न दिएकाे आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ।


 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्