उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी क्लब पुगेर छुटाए जनमत पार्टीका नेताकार्यकर्ता

काठमाडौं, पुस १६ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर क्षेत्रबाट पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतलाई छुटाएका छन्।
अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर साेमबार जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए। ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाइ छुटाउन गृहमन्त्री श्रेष्ठ नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेका थिए। गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्विकारेर आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराएकाे जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए।
प्रकाशित मिति: १५:२२ बजे, सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












