Kathmandu Press

प्रधानमन्त्री कार्यालयअगाडि अर्धनग्न भएर युवाले गरे प्रदर्शन

प्रधानमन्त्री कार्यालयअगाडि अर्धनग्न भएर युवाले गरे प्रदर्शन

काठमाडौं, पुस १६ : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी को क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्।

उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको ३ र २ नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

Hardik ivf

बालकुमारी घटनाको विरोध गर्दै प्रदर्शन गरेको उनीहरूले एमसिसी र एनसल प्रकरणविरुद्ध पनि नाराबाजी गरेका थिए। सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन, मिलिभगत लुटतन्त्रको विरोध गर्न यसप्रकारले प्रदर्शन गरेको उक्त संगठनको भनाइ छ।

प्रदर्शनमा संलग्न ३२ जना पक्राउ परेको र उनीहरुलाई फरक-फरक ठाउँमा राखिएको बताइउकाे छ । पक्राउ पर्नेमा केन्द्रीय कार्यालय सदस्यलगायत छन्।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्