Kathmandu Press

श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

सोमबार बसेको समितिको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो।
श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौं, पुस १६ : बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे छानविन गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशत दिएको छ।

सोमबार बसेको समितिको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो।

Hardik ivf

समितिले बालकुमारी घटनबारे जवाफ दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी अधिकारीहरुलाई बोलाएको थियो।

समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिरवारलाई रोजगारीको अवसर दिनाउन पनि सरकारले निर्देशन गरेको छ।

सभापति रामहरि खतिवडाले घटनासँग सम्बन्धित साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरुको मनोबल पनि कमजोर नहुने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न पनि निर्देशन दिए।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्