श्रमिकका लागि साउदी दूतावासद्वारा बायोमेट्रिक अनिवार्य

काठमाडौं, पुस १६ : वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारलाई नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको छ।
दूतावासले सोमबारदेखि लागू हुनेगरीे बायोमेट्रिक अनिवार्य गराएपछि मेनपावर व्यवसायीले आर्थिक भार थप्ने अव्यबहारिक भन्दै विरोध जनाएका छन्।
यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै लागू हुने बायोमेट्रिक अबदेखि श्रमिकका लागि समेत अनिवार्य गरिएको छ। उक्त निर्णलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ।
बायोमेट्रिक लागू गरेपछि भिसाका लागि कामदार नपठाउन समेत व्यवसायीहरूलाई अनुरोध गरिएको छ। साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भनाई संघको छ। बायोमेट्रिकको नाममा श्रमिक कामदार लामो समय काठमाडौँ बस्नुपर्ने भएकाले खर्च धान्न नसक्ने भनाई म्यानपावर व्यवसायीको छ।
प्रकाशित मिति: १३:१४ बजे, सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












