Kathmandu Press

पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन, परिवारको रेखदेख गर्नुपर्छ : अध्यक्ष केसी

पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन, परिवारको रेखदेख गर्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं, पुस १६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटना पीडितलाई १० लाख क्षतिपूर्ति दिएर समस्या समाधान नहुने बताएका छन्।

बालकुमारी घटनाबारे आज राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितहरुलाई १० लाख दिएर समस्या समाधान नभइ झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग गरे।

Hardik ivf

उनले भने,‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ। किन प्रहार भईरहेको छ ? हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौं तर नेपाली जनतालाई के दियौं? अब पीडितहरुलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन। अरु यस्ता पीडित थपिन्छन्। त्यसैले सरकारले उहाँहरुको परिवारको रेखदेख गर्नुपर्छ। जसले गल्ति गरेको छ छानबीन गर्नुपर्छ।’

उनले सो घट्ना नयाँ युवाहरुको आक्रोसलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशंका व्यक्त गरे। 
उनले भने,‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ। यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो। यहाँ यो नयाँ युवाहरुको आक्रोसलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है,जसरी हामीलो यो घट्नालाई सोझो पारामा हेरिरहेका छौं त्यो नहुन सकछ।’ 

उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबीन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे। 
उनले भने,‘हात्ती आयो हात्ती आयो फुस्सा नहोस्। दोषीलाई कारबाही होस्।’

उनले युवालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी भएको उल्लेख गरे। उनले नयाँ युवाको आक्रोशलाई उठाएर धमिलो पानीमा माछा टिप्ने खेल हुनसक्ने आशंका गरे। उनले गणतन्त्र, लोकतन्त्रप्रति किन प्रहार भइरहेको अध्ययन गर्नु आवश्यक भएको बताए।  उनले प्रश्न गरे,‘ लोकतन्त्र र गणतन्त्र त ल्यायौं तर नेपाली जनताले के पाए ? गम्भीर हुनुपर्छ।’
 

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्