धोती दिवस मनाउनेक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

काठमाडौं, पुस १६ : प्रहरीले धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेकी सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेका छ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी जनमत पार्टीकी नेतृसमेत हुन्। उक्त पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ परेका छन्।
अहिले मन्त्री अनिता देवी, राउतलगातलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पूर्वखानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ।
जनमत पार्टीका नेता कार्यकर्तासहित ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०० बजे, सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












