Kathmandu Press

राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे गृहमन्त्रीले दिए स्पष्टीकरण

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घटनास्थल हुँदै जादा गाडी रोकिएपछि केही विवाद हुँदा गोली प्रहार भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए।
राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे गृहमन्त्रीले दिए स्पष्टीकरण

काठमाडौं, पुस १६ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु भएको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ जवाफ माग गरेको छ।

समितिको बैठकमा बालकुमारी घट्नाबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले शान्ती सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालयले हतियार प्रयोग गर्ने आदेश नदिएको बताएका छन्।

Hardik ivf

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घटनास्थल हुँदै जादा गाडी रोकिएपछि केही विवाद हुँदा गोली प्रहार भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए।
 
‘रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलन गरिरहेका बेला मन्त्रीज्युले गाडी रोक्नु भएछ, अनि विवाद सुरु भएर गोली चलेको देखिएको छ,’ उनले भने, ‘फिल्डका कमाण्डर त्यही दिसातिर जादा गोली प्रहार भएको देखिएको छ। फयरिङपछि गाडी जल्यो।’

उक्त घट्नापछि तत्काल छानविन समिति बनाएको बताउँदै उनले फिल्डमा खटिएका सुरक्षा निकायका प्रमुख, ईपिएस शाखाका प्रमुख र मन्त्री ज्वालाको पिएसओलाई कारबाही गरेको बताउँदै ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको बताए।

बालकुमारी घट्नामा मृत्यु भएकाका परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको बताएका उनले घट्नाको छानविन गर्नका लागि उच्चस्तीय छानविन आयोग गठन गरिएको बताए।

 

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्