Kathmandu Press

आज ४८ औँ मेलमिलाप दिवस, कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर कांग्रेसले यो दिवस मनाउने गरेको हो । 
आज ४८ औँ मेलमिलाप दिवस, कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, पुस १६ : आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ । 

कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर कांग्रेसले यो दिवस मनाउने गरेको हो । 

Hardik ivf

कांग्रेसले यसवर्ष ४८ औँ मेलमिलाप दिवसको सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा काठमाडौंमा मेलमिलाप र अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

कार्यक्रममा कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाएको छैन । महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउनेहरू बढ्दै गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता ठानेर मेलमिलाप दिवसमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी दिए । 

उनका अनुसार विगतमा कोजाग्रत पूर्णिमा र चियापानमा मात्रै एक ठाउँमा हुने दलहरूले राष्ट्रिय राजनीतिका साझा मुद्धाहरूमा समेत दलहरू एकै ठाउँमा छन् भन्ने सन्देश दिन कांग्रेसले यस्तो प्रयास गरिरहेको हो । 
 
प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्