अंग्रेजी नयाँ वर्ष शुरु, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम
सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
काठमाडौं, पुस १६ : ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् ।
हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।
प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












