Kathmandu Press

‘च्याउको अनुसन्धान अझै बाँकी’

‘च्याउमा लागेका सहकारी कृषिलाई प्रोत्साहन गर्नको लागि सरकारले आजको दिनलाई महत्वपूर्ण ढंगबाट व्यवहारमा लागू गर्नका लागि योजनाबद्ध तरिकाबाट यस्ता दिनहरुको घोषणा गर्नुपर्छ,’ उनले भने।
‘च्याउको अनुसन्धान अझै बाँकी’

काठमाडौं, पुस १५ : सभामुख देवराज घिमिरेले मुलुकमा च्याउको अध्ययन अनुसन्धान अझै विस्तृत हुन नसकेको बताएका छन्।

राष्ट्रिय च्याउ दिवसको अवसरमा आइतबार आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा उनले मुलुकमा पाइने च्याउबारे धेरै जानकारी नभएर उपयोगमा पछि परिरहेको बताए।

Hardik ivf

‘नेपालमा उत्पादन हुने च्याउहरुको अझै अध्ययन, अनुसन्धान गर्न बाँकी छ । हाम्रा जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा हामी धेरै पछाडि परिरहेका छौं,’ उनले भने, ‘प्रदेश स्तरबाट आजको दिनलाई च्याउ दिवसको रुपमा घोषणा गरिए पनि राष्ट्रिय रुपबाट च्याउ दिवस, च्याउको महत्वको लागि गर्नुपर्ने काम र यो दिवसलाई सफल पार्नको लागि गर्नुपर्ने कामको बारेमा राज्यले त्यो तहमा सोचेको होला।’

कुनै यस्ता दिनको घोषणा खाली घोषणाका लागि मात्रै नभइ सार्थकताका लागि र परिणाममुखी बनाउन हुनुपर्ने उनले बताए।

‘च्याउमा लागेका सहकारी कृषिलाई प्रोत्साहन गर्नको लागि सरकारले आजको दिनलाई महत्वपूर्ण ढंगबाट व्यवहारमा लागू गर्नका लागि योजनाबद्ध तरिकाबाट यस्ता दिनहरुको घोषणा गर्नुपर्छ,’ उनले भने।
 
च्याउ उत्पादनमा भएका कामहरुलाई राज्यले महत्व नदिएको देखिएको उनले बताए । आवश्यक सुधार गर्दै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउन सरकारको योजना आवश्यक रहेको उनले बताए।

 

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्