बालकुमारी घटनाको विरोधमा युवा संघको प्रदर्शन
उनीहरुले युवाहरुलाई दमन गर्ने, मार्ने सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन्।काठमाडौं, पुस १५ : बालकुमारी घटनाका दोषीमाथि कारबाहीको माग राख्दै एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आइतबार प्रदर्शन गरेको छ।
ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको थियो। कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
उक्त घटनालाई लिएर युवा संघले बालकुमारी चोकमा प्रदर्शन गरेको हो। उनीहरुले युवाहरुलाई दमन गर्ने, मार्ने सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए।
प्रकाशित मिति: २०:०१ बजे, आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












