Kathmandu Press

सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई मन्त्री सुदन किरातीकाे निर्देशन

नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।
सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई मन्त्री सुदन किरातीकाे निर्देशन

काठमाडाैं, पुस १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

Hardik ivf

उनले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’को बिषयमा कर्मचारीको नभई सरकारको भएकाले यसमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि कर्मचारीहरुलाई चेतावनी दिनुभयो। उहाले नेतृत्वमा रहेकाले बनाएको नीतिमा कर्मचारीहरु हिड्न सक्नुपर्ने उल्लेख गरे।

ग्राउन्ड ह्यान्डलिङको बिषयमा आवश्यक परे राष्ट्रिय सहमति नै आवश्यक पर्ने उनको भनाइ छ। मन्त्री किरातीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने, हवाई सेवा यात्रुमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताए। उनले अन्तराष्ट्रिय बिमानस्थलहरुको सञ्चालनका लागि पिपिपि मोडलबाट अघि बढाइने धारणा राखे।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालको बायुसेवालाई बलियो बनाउन सवैबीच सहकार्य आवश्यक रहेको बताए। उनले आफुले व्यक्तिका लागि नभई संस्थाका लागि काम गर्दा आएका आलोचनाहरुलाई सहज रुपमा लिने जिकिर गरे।

कार्यक्रममा प्राधिकरणका केही कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्